काठमाडौं। फागुन १२ गते
नेपाली पात्रो अनुसार बिहिबार हप्ताको पाँचौं दिन हो । यसलाई गुरूबार वा बृहस्पतिवार पनि भनिन्छ । ज्योतिषशास्त्र अनुसार यसलाई बृहस्पति ग्रहको नामले नामाकरण गरिएको हो । हिन्दू धर्मावलम्बीहरू विहिबारमा भगवान विष्णुको पूजा गर्दछन्।
पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्ध पदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन् ।