काठमाडौं। फागुन ११ गते
नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार जयनन्द लामाको आज बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिनु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। उहाँले कलकत्ते काइँयो लगायतका सयौँ चर्चित गीतहरू गाउनु भएको छ ।
पछिल्लो समय चलचित्र अभिनयमा पनि उहाँ व्यस्त हुनुहुन्थ्यो ।उहाँले छक्का पन्जा चलचित्रका केही सिरिजहरूमा सेमत अभिनय गरेका गर्नु भएको थियो । नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो ‘नेपाल लोकस्टार’को निर्णायकको भूमिकामा आबद्ध हुनुहुन्थ्यो । लामा लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आउनु भउको थियो । उहाँले गाउँगाउँमा गएर लोकगीतका भाका संकलन गर्नु भएको छ । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उहाँले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गर्नु भएको थियो ।