×

Nepali Community

हराएका मतदाता परिचयपत्रका लागि आवश्यक सिफारिस निःशुल्क दिन निर्वाचन आयोगद्वारा आग्रह


काठमाडौं। फागुन ११ गते
हराएका वा नष्ट भएका मतदाता परिचयपत्रका लागि आवश्यक सिफारिस निःशुल्क दिन निर्वाचन आयोगले आग्रह गरेको छ । मतदाता परिचयपत्र सिफारिसका लागि कतिपय स्थानीय तहले दस्तुर लिएको गुनासोपछि निर्वाचन आयोगले निःशुल्क सिफारिस गर्न सबै स्थानीय तहलाई परिपत्र गर्ने समेत निर्णय गरेको छ ।

यसअघि नै मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताको परिचयपत्र विभिन्न कारणले नष्ट भएको वा हराएको भए पुनः बनाउन वडामा सम्पर्क गर्नुपर्ने हुन्छ । पुनः बनाउनुपर्ने अवस्थामा आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न र वडाको सिफारिसका आधारमा निर्वाचन कार्यालयमा निवेदन दिएमा मतदाता परियपत्र बनाउने व्यवस्था रहेको छ । हराएको वा नष्ट भएको अवस्थामा आफ्नो वडा कार्यालयको सिफारिससहित मतदाता नामावली रहेको सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था छ ।


More

View All

News

Health

Sports