×

Nepali Community

सोमालियाका नागरिकका लागि तत्काल खाद्य सहायता उपलब्ध गराउनुपर्ने –संयुक्त राष्ट्रसंघ


काठमाडौं। फागुन ११ गते
सोमालियाका करिब ५५ लाख नागरिकका लागि तत्काल खाद्य सहायता उपलब्ध गराउनुपर्ने संयुक्त राष्ट्रसंघले बताएको छ।संयुक्त राष्ट्र संघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले त्यहाँको अवस्था विकराल बन्दै गएको र खडेरीका कारण लाखौं मानिस भोकमरीको गम्भीर अवस्थामा पुगेको भन्दै तत्काल खाद्यान्न सहायता आवश्यक रहेको बताएको हो।त्यहाँ अहिलेसम्म ५५ लाख मानिसले खाद्यान्नको अभाव झेलिरहेका र ती मध्ये १४ लाखभन्दा बढी बालबालिका रहेका पनि राष्ट्रसंघले जनाएको छ।

सोमालियाका लागि राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रतिनिधि आदम अब्दैलमौलाले चरम भोकमरीका कारण त्यहाँका पाँच वर्षभन्दा मुनिका बालबालिका कुपोषित भएको र तत्काल उपचार नगरे उनीहरुको ज्यानै जान सक्ने भन्दै चिन्ता व्यक्ति गरेका छन्।भोकमरीका कारण त्यहाँ करिव पाँच लाख मानिस खानेकुराको खोजीका अन्य स्थानमा पलायन भइसकेका र करिव २९ लाख मानिस देशभित्रै विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।


More

View All

News

Health

Sports