×

Nepali Community

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीको सानदार जित


काठमाडौं । फागुन ११ गते
इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले लिललाई २–० गोल अन्तरले हराएको हो ।चेल्सीलाई जित दिलाउन काइ हार्भट्ज र क्रिस्टियन पुलिसिचले एक एक गोल गका थिए ।

घरेलु मैदानमा खेलको आठौं मिनेटमा हार्भट्जले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ६३ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाएका थिए ।यस जितसँगै चेल्सीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ ।चेल्सी र लिलबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।


More

View All

News

Health

Sports