काठमाडौं । फागुन ११ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग मिल्ने तथा स्वादिष्ट भोजन पनि पाइनेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्ने तथा मनोरञ्जनमा सहभागी भइनुका साथै विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा दिनको उत्तरार्धमा भने अधिक धन खर्च हुनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज प्रेममा बाधाका साथै मन कमजोर रहने योग रहेको छ भने आर्थिक सङ्कटले आउला र मनमा छटपटी व्याप्त हुनसक्छ, तर साँझमा धन लाभ हुनसक्छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज दैनिक कार्यमा प्रगति हुने योग रहेको छ भने नयाँ कार्यको योजना बन्नुका साथै नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने तथा धार्मिक यात्राको योग पनि छ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने योग रहेको छ भने घरमा अतिथिको आगमन हुने तथा पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नुका साथै चिताएको कामले तीव्रता लिने तथा नयाँ कामको थालनी हुनुका साथै वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सामान हराउने वा चोरी हुने योग रहेको छ भने शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने तथा आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेयोग रहेको छ भने नयाँ जिम्मेवारी पाइनुका साथै शुभकार्यको चर्चा चल्ने तथा मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज बोलीको चातुर्यले काम बन्ने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्ने तथा बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
अनावश्यक ठाउँमा धन खर्च हुनुका साथै अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा वैदेशिक क्षेत्र कमजोर रहने योग रहेको छ भने महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।