×

Nepali Community

एमसिसीविरुद्ध परेका रिट दर्ता गर्न सर्वोच्च अदालतले गर्यो अस्वीकार


काठमाडौं । फागुन १० गते
अमेरिकी सहयोग परियोजना एमसिसीविरुद्ध परेका रिट दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको छ । एमसिसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नभएको भन्दै अधिवक्ताहरू सुरेन्द्र भण्डारी र स्वागत नेपाल सर्वोच्च पुगेका थिए । उनीहरुको रिट बारेको मुद्दा संसदमा पेश भइसकेको भन्दै दरपीठ गरेको हो ।

भण्डारीको रिटमा एमसिसीबारे संसदबाट निर्णय नगर्नु भनी आदेश जारी माग गरिएको थियो । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विरोध र विवादकाबीच सरकारले एमसिसी संसदमा टेबल गरिसकेको छ । यसअघि पनि एमसिसीविरुद्ध अधिवक्ता भण्डारी लगायतको रिट परिसकेको थियो ।

 

 

 


More

View All

News

Health

Sports