×

Nepali Community

एमसीसीलाई लिएर आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने देवप्रसाद गुरुङको दाबी


काठमाडौं । फगुन १० गते
आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्पष्ट पार्नु भएको छ । का छन् । एमसीसीलाई लिएर आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि उनको दाबी छ ।सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने पनि निर्णय गरिसकेकोले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको पनि सुनाउनु भएको थियो ।

उहाँले पार्टीले सरकारबाट हट्नुपर्छ भन्ने निर्णय गरिसकेको अब कुन दिन हट्ने भन्ने कुरा छिट्टै निर्णय हुने जिकिर गर्नु भएको थियो । नेकपा (माओवादी केन्द्र) ले दोहोरो चरित्र नदेखाउँने बताउँदै उहाँले राष्ट्रिय स्वाधिनताको मुद्दामा एकै ठाउँमा उभिने बताउनु भएको थियो । साक्षात्कारमा बोल्दै उहाँले एमसीसी कसैलाई पनि बलिको बोको बनाउने विषय नभएको जिकिर गर्नु भउको थियो । आफूहरूले एमसीसी टेबुल गर्ने विषयमा पनि आपत्ति जनाएको र कार्यव्यवस्था परामर्श समितिको बैठकमा फरक मत राखेको सुनाउनु भएको थियो ।


More

View All

News

Health

Sports