×

Nepali Community

स्थानीय तहको निर्वाचनविरुद्व दर्ता भएको रिटमा सुनुवाइ हुँदै


काठमाडौं । फगुन १० गते
आज वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनविरुद्व दर्ता भएको रिटमा सुनुवाइ हुँदै छ। महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ।२०७४ मा अजोजमा निर्वाचित भएकाले सविधानले तोकेको पाँच वर्ष कार्यकाल नपुग्ने भएकाले वैशाख ३० को निर्वाचन संविधान विपरित हुने उनको जिकिर छ।

तीन चरणमा सम्पन्न भएको निर्वाचनमा दोस्रो र तेस्रो चरणमा निर्वाचित पदाधिकारीको पाँच वर्ष नपुग्ने दावी रिटमा गरिएको छ। यसअघि प्रशासनले दरपिठ गरेको रिटविरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता गर्न आदेश भएको थियो। आजको सुनुवाइले माग अनुसार अन्तरिम आदेश जारी गरेमा स्थानीय निर्वाचनमा असर पर्नेछ।


More

View All

News

Health

Sports