×

Nepali Community

मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं । फागुन १० गते
आज मधेस प्रदेशको प्रदेश सभा बैठक बस्दै छ। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ।आज प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने कार्यसूची तय भएको छ।

गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो संकल्प प्रस्ताव पेस गरेका थिए। यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै स्थगित भएको थियो।


More

View All

News

Health

Sports