काठमाडौं । फागुन १० गते
सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न लगाएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ प्रहरीमाथि प्रर्दशनकारीहरूले ढुंगा प्रहार गर्दा पनि, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भनेर गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यक्ष ओलीले प्रश्न समेत गर्नु भएको छ । उहाँले आफूले त्यस सम्बन्धमा गृहमन्त्री खाँणसँग फोन संवाद गरेको उल्लेख गर्दै सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताउनु भएको छ ।
आन्दोलनको नाममा सडकमा इँटा हान्ने, तोडफोड गर्ने तर केही पनि नगर्नु भनेर सत्तारुढ दलहरूले नै आदेश दिएको भन्दै अध्यक्ष ओलीले आक्रोश व्यक्त गर्नु भएको छ । एमसीसी सम्झौता गर्ने, त्यसलाई संसदमा टेवल गर्नेमाथि सडकमा आन्दोलन गर्नेहरूले विरोधसमेत नगरेको चर्चा गर्दै उहाँले आपत्ति जनाउनु भएको छ ।
एमसीसी संसद्मा टेवल गर्न समेत सत्तारुढ दलहरूले षडयन्त्र गरेको अध्यक्ष ओलीको दाबी थियो । उहाँले एमसीसीबारे सत्तारुढ दलहरूले दोहोरो–तेहोरो चरित्र देखाइरहेको पनि दोहो¥याउनु भएको छ । उहाँले सत्तारुढ नेकपा (एकीकृत समाजवादी)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको नामै लिएर बाटो भत्काउनेहरूलाई क्रान्तिकारी भन्न नमिल्ने बताउनु भयो ।