×

Nepali Community

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा आज नेपाल युएईविरुद्ध खेल्दै


काठमाडौं । फागुन १० गते
आज नेपालले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईको सामना गर्दैछ ।ओमानको अल अमेरातमा नेपालले युएईको सामना गर्नेछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३.४५ बजे सुरु हुनेछ ।टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

किनकी यस खेलले नेपालको विश्वकप यात्राको छिनोफानो गर्नेछ ।यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ । यस पटक भने नेपाललाई मौका रहेको छ ।


More

View All

News

Health

Sports