काठमाडौं । फागुन १० गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफन्तको प्रगतिमा मन रमाउने योग रहेको छ भने नयाँ कार्य वा रोजगारको अवसर मिल्ने तथा लगानीमा रहेको रकम फिर्ता पनि आउनसक्छ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुने तथा आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नुका साथै पढाइमा प्रगति नै हुनेछ ।
मिथुन
कि, कु, घ, ङ, छ, के, को, हा
आज मिष्ठान्न भोजनको अवसर मिल्ने योग रहेको छ भने सामाजिक कार्यमा रुचि बढ्नुका साथै अरुलाई प्रभावित पारेर काम बन्ने तथा श्रमको उचित मूल्याङ्कन हुनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नुका साथै पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने योग रहेको छ भने नयाँ योजना पनि अघि बढ्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज घुमघाम र भ्रमणमा बित्नुका साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुने योग रहेको छ भने सेयरबजारका कारोबारबाट लाभ पनि मिल्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
एउटै कामबाट दोहोरो लाभ मिल्नुका साथै बन्धु बान्धवबाट सहयोग मिल्ने तथा सामाजिक कार्यमा सफलता मिल्ने योग रहेको छ भने जोशजाँगर र हिम्मत बढ्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज दैनिक कार्यमा प्रगति हुने योग रहेको छ भने प्रतिस्पर्धा वा परीक्षामा सफलता मिल्नुका साथै आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज निर्णय कार्यान्वयन नहुने योग रहेको छ भने आत्मबलमा कमी आउने तथा मनमा दुबिधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज रोकिएका काम पुनः सुरु हुने योग रहेको छ भने जोशजाँगर र उमङ्ग बढ्ने तथा आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने नजिकको मित्रसँग भेटघाट हुने तथा परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको योग रहेको छ भने धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज मन भावुक र उत्ताउलो बन्ने योग रहेको छ भने अनावश्यक ठाउँमा धन खर्च हुने तथा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।