काठमाडौं । फागुन ९ गते
एमसीसीबारे विवाद चर्किएपछि नेकपा (एस)को सोमवार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । पार्टीभित्रै एमसीसीबारे विवाद चर्किएपछि सचिवालय बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे बस्ने नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
शनिवार बसेको स्थायी कमिटी बैठकले एमसीसी पेश गर्न दिने तर, संशोधन विना पास गर्न नदिने निर्णय गरेको थियो ।संसदमा एमसीसी टेबुल गर्न दिने निर्णय गरेको भन्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका थिए । खनालले संसद बैठकमै एमसीसीको विरोध गरेका थिए ।