×

Nepali Community

रुसले बेलारुसमा आफ्ना सैनिकको तैनाथी बढाउनु थप चिन्ताजनक रहेको अमेरिकाको दाबी


काठमाडौं । फागुन ९ गते
अमेरिकी विदेशमन्त्रीले रुसले बेलारुसमा आफ्ना सैनिकको तैनाथी बढाउनु थप चिन्ताजनक रहेको बताएका छन्।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसले बेलारुसमा सैनिकको तैनाथी बढाउनुले उ युक्रेनमाथि आक्रमणको तयारीमा रहेको थप स्पष्ट हुने बताएका हुन्।रुसले आफ्ना करिब ३० हजार सैनिक बेलारुसमा कायम राख्ने निर्णय गरेको छ। युक्रेनसँग सीमा जोडिएको बेलारुस रुसका लागि रणनीतिक साबित हुनेछ ।

रुसी सैनिकका कमाण्डरहरुलाई युक्रेनमाथि आक्रमण गर्न आदेश प्राप्त भइसकेको अमेरिकी विदेशमन्त्री ब्लिंकनले गुप्तचर निकायको सूचना उद्धृत गर्दै भनेका छन्।तर युक्रेनले भने रुसी आक्रमणका सम्बन्धमा भइरहेको चर्चा ‘अनुपयुक्त’ रहेको बताएको छ।सीमा नजिक अहिलेसम्म रुसले ‘स्ट्राइक ग्रुप’ नबनाएका कारण आजभोलि नै आक्रमणको सम्भावना नदेखिने युक्रेनका रक्षामन्त्री एलेक्सी रिज्निकोभले बताएका छन्। तर अमेरिकी अधिकारीहरुले भने रुसले कुनै पनि बेला आक्रमण गर्न सक्ने बताउँदै आएका छन्।रुसले युक्रेनमाथि आक्रमणको योजना नरहेका दाबी गर्दै आएको छ।


More

View All

News

Health

Sports