×

Nepali Community

युक्रेनमा असुरक्षा बढेपछि आफ्ना नागरिकलाई फर्किन भारतको आग्रह


काठमाडौं । फागुन ९ गते
असुरक्षा बढेपछि युक्रेनमा रहेका आफ्ना नागरिकलाई फर्किन भारतले आग्रह गरेको । रुस र युक्रेनबीच तनाव बढ्दै गएपछि त्यहाँ रहेका आफ्ना नागरिकका लागि भारतले एड्भाइजरी जारी गरेको छ ।युक्रेनमा असुरक्षा बढेको भन्दै भारतले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेको छ । युक्रेनमा बस्नै पर्ने बाध्यता नभएकाहरुलाई त्यहाँबाट फर्किन भारतको आग्रह छ । युक्रेनमा झण्डै २० हजार भारतीय नागरिक रहेका अनुमान छ ।

यसमध्ये सबैभन्दा धेरै विद्यार्थीहरु रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।यसैबीच, रुस र बेलारुसले युक्रेनको सीमा क्षेत्रमा साझा सैन्य अभ्यासको अवधि बढाउने घोषणा गरेका छन् । यसले रुस पछि हट्ने सङ्केत नदेखिएको विश्लेषण गरिएको छ । युक्रेनको विषयलाई लिएर अमेरिकालगायत पश्चिमा देशहरुसँग रुसको टकराव बढ्दै गएको छ।उनीहरुले रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको आरोप लगाउँदै आएका छन् भने रुसले यो आरोपको खण्डन गर्दै आएको छ ।


More

View All

News

Health

Sports