काठमाडौं । फागुन ९ गते
अमेरिकी धम्कीपछि सरकारले एमसीसी सम्झौता संसद्मा टेबल गरेको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आरोप लगाउनु भएको छ । उहाँले अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई धम्की दिएपछि एमसीसी संसद्मा टेबल हुन लागेको आरोप लगाउनु भउको हो । उहाँले नेपालमा अमेरिकी झन्डा र अमेरिकी सेना आउन लागेको हो भन्दे प्रश्न समेत गर्नु भएको छ ।
उहाँले नेपाली कांग्रेसले आफूलाई नेपाली जनता हो कि होइन भनेर प्रस्ट पार्नसमेत आग्रह गर्नु भएको छ । सांसद सुवालले यदि कांग्रेस नेपाली जनता नै हो भने अमेरिकालाई ‘हाम्रो प्रधानमन्त्रीलाई किन धम्की दिएको’ भनेर सोध्नुपर्ने बताउनु भएको छ। उहाँले नेपालका तर्फबाट एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने मन्त्री र मन्त्रीलाई हस्ताक्षर गर्न पठाउने प्रधानमन्त्रीलाई स्पष्टिकरण सोध्नुपर्ने बताउनु भउको छ ।