×

Nepali Community

अनेरास्ववियु धनकुटाले दियो विद्यालय प्रारम्भिक कमिटी गठनलाई तिव्रता


काठमाडौं । फागुन ९ गते
अनेरास्ववियु धनकुटा जिल्ला आयोजक कमिटीले विद्यालय प्रारम्भिक कमिटी गठनलाई तिव्रता दिएको छ । निर्वाचनको मिति घोषण भएपस्चात गठन सुरु गरिएको कमिटिलाई अर्थपुर्ण रुपले हेरीएको छ । धनकुटाका सातै तहमा अनेरास्ववियुले एकसाथ कमिटी गठन थालेको हो ।यस कमिटिले विध्यार्थिको हक हितको लागि डटेर लड्ने र राष्ट्र विरोधिको तत्वहरुको पत्तासाफ गर्ने अनेरास्ववियु केन्द्रिय कमिटी सचिबालय सदस्य तथा धनकुटा का इन्चार्ज क. अङ्कित थापा ले बताउनुभयो ।

यस्तै अनेरास्ववियु आयोजक कमिटी सचिव सन्तोष बुढाथोकीले अबको विध्यार्थीमा यस नयाँ कमिटीले राजनैतिक चेतको समेत वृधी गराउने बताउनुभयो ।आजकै दिन चौबिसे गाउँपालिका,महालक्ष्मी नगरपालिका र पाख्रीबास नगरपालीकामा कमिटी गठन सुरु भएको हो । चैबिसे गाउपालिकामा अनेरास्ववियु जिल्ला कमिटी धनकुटाका नेता प्रकाश गीरी,महालक्ष्मी नगरपालीकामा अनेरास्ववियु नगर कमिटी अध्यक्ष बिनोद बानिया र पाख्रीबास नगरपालीकामा अनेरास्ववियु जिल्ला आयोजक कमिटी सचिव सन्तोष बुढाथोकी र स सचिब सुबन श्रेष्ठ को नेतृत्वमा गठन भएको हो ।


More

View All

News

Health

Sports