×

Nepali Community

एमसीसी जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति गम्भीरप्रति कृष्णबहादुर महराद्वारा आपत्ति प्रकट


काठमाडौं । फागुन ९ गते
एमसीसी जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले बताएका छन् ।महराले सरकारले विवाद र विरोधकाबीच एमसीसी सम्झौता पेस गरेको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।‘

सत्तारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको र महराले पूर्व सभामुखको रुपमा जारी गरेको विज्ञप्तिमा उललेख गरिएको छ । देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।


More

View All

News

Health

Sports