काठमाडौं । फागुन ९ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने योग रहेको छ भने विदेशबाट राम्रो समाचार प्राप्त हुनुनुका साथै पारिवारिक वातावरण पनि सुमधुर रहनेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने योग रहेको छ भने मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुने तथा आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने विद्या र बुद्धिको विकास हुनुका साथै विशिष्ट व्यक्तिको सहयोग पाइने तथा कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नसोचेको ठाउँबाट धनागम हुने योग रहेको छ भने आफन्तको प्रगतिले मन रमाउने तथा मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुने योग रहेको छ भने चिताएको कामले तीव्रता लिने तथा पुनर्मिलनको योग रहेको छ भने सफल यात्रा पनि हुनेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज जोशजाँगर बढ्ने योग रहेको छ भने भौतिक साधन जुटाउने समय छ भने वित्तिय संस्थाबाट सहयोग पाइने तथा सौन्दर्यतामा धन खर्च पनि हुन सक्छ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुने योग रहेको छ भने प्रेम सम्बन्ध कसिलो हुनुका साथै वित्तिय संस्थाबाट सहयोग पाइने तथा घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ, तर सरकारी निकायबाट सहयोग मिल्ने योग रहेको छ भने साँझमा रमाइलो यात्रा पनि हुन सक्छ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ भने कार्यक्षेत्रमा प्रगति हुनुका साथै वैदेशिक क्षेत्रबाट सफलता मिल्ने र प्रेमीको सहयोग पनि मिल्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने कुनै कुराले शान्ति छाउने तथा नजिकको व्यक्तिबाट सहयोग पाइनुका साथै सरकारी निकायबाट सहयोग मिल्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज दाम, इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा पारिवारिक सद्भाव बढ्ने र आँटेको र ताकेको कार्य पनि पूरा होला ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने योग रहेको छ भने प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ने तथा आर्थिक अवस्था भने ठिकै रहनेछ ।