काठमाडौं । फागुन ८ गते
विवादित एमसीसी संसदमा टेबल हुनबाट रोक्ने आफूहरुसँग कुनै संयन्त्र नभएको नेकपा माओवादीका केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताउनु भएको छ । उहाँले माओवादीले एमसीसी संशोधनसहित राष्ट्रिय सहमति बिना टेबल गर्न हुँदैन भनेर मत राख्दै आएपनि नटेरेपछि टेबल हुनबाट रोक्न नसकिने सापकोटाले बताउनु भएको हो । उहाँले एमसीसी टेबल गर्ने कि नगर्ने सरकार र प्रधानमन्त्रीको विषय भएको सापकोटाले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ ।
हामीले संशोधन सहितको राष्ट्रिय सहमति बिना टेबल पनि गर्न हुँदैन भन्ने मत राख्दै आएको तर जनमत, जनदवाव र गठबन्धनलाई नटेरेपछि टेबल हुनबाट रोक्ने कुनै संयन्त्र नभएको जिकिर गर्नु भएको छ । उहाँले एमसीसी अनुमोदनका लागी हुने मतदानमा माओवादीले विपक्षमा मतदान गर्ने र संशोधन प्रस्ताव समेत दर्ता हुने बताउनु भएको छ । उहाँले एमसीसी टेबल भयो भने संशोधन प्रस्ताव पनि दर्ता हुने र संशोधन प्रस्ताव र एमसीसीमाथि छलफल हुने दाबी गर्नु भएको छ ।