×

Nepali Community

रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय लिइसकेकोे अमेरिकी राष्ट्रपति बाइडेन दाबी


काठमाडौं । फागुन ८ गते
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय लिइसकेको दाबी गरेका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही दिनमा आक्रमणका लागि आदेश दिनेमा आफू विश्वस्त भएको बाइडेनको दाबी छ । अमेरिकी गुप्तचर निकायको सुझावमा आफू उक्त निष्कर्षमा पुगेको बाइडेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।रुसी आक्रमणको निसाना युक्रेनको राजधानी किभ हुने बाइडेनको दाबी छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले ‘रुसी फौजहरू युक्रेनी सीमातर्फ जान थालेका’ जनाएका छन् ।त्यसैगरी, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि रुसलाई चेतावनी दिएकी छन् ।जर्मनीको म्युनिखमा एक सुरक्षा सम्मेलनमा बोल्दै रुसले युक्रेनमाथि आक्रमण गरे अमेरिका र सहयोगी देशबाट ‘महत्त्वपूर्ण र अभूतपूर्व आर्थिक क्षति बेहोर्ने’ बताइन् ।रुसले युक्रेनका टुक्रिएका पूर्वी क्षेत्रमा विभिन्न संकट खडा गरेर त्यसलाई आक्रमणको बहाना बनाउने पश्चिमा राष्ट्रहरूको छ ।

रुसले १ लाख ६९ हजारदेखि १ लाख ९० हजार रुसी सैनिक युक्रेनमाथि आक्रमणका लागि तयारी अवस्थामा राखेको अमेरिकाको दाबी छ ।त्यसमा पूर्वी युक्रेनका डोनिएत्स्क र लुहान्स्कमा तैनाथ रुसी समर्थन प्राप्त लडाकुको संख्या पनि जोडिएको छ । युक्रेनी सीमामा मात्रै बख्तरबन्द गाडी, तोप तथा अन्य हतियारसहित एक लाखभन्दा बढी रुसी सेना तैनाथ छन् । त्यस्तै, छिमेकी देश बेलारुसमा पनि कम्तीमा ३० हजार रुसी सेना आक्रमणका लागि तयारी अवस्थामा छन् ।


More

View All

News

Health

Sports