काठमाडौं । फागुन ८ गते
आज कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र हिमालयनबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा रहेको छ । आज हिमालयनलाई हराएर जावलाखेल अंक तालिका सुधार्न चाहन्छ ।हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
हिमालयन पनि जावलाखेललाई हराएर अंक तालिका सुधार्ने योजनामा रहेको छ ।यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र एनआरटीबीचको खेल ४.४५ बजे सुरु हुनेछ ।मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एनआरटीलाई हराएर मनाङ शीर्ष दुईको स्थन यथावत राख्न चाहन्छ।एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।