×

Nepali Community

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । फागुन ८ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज पारिवारिक सद्भाव बढ्ने योग रहेको छ भने विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नुका साथै बन्दव्यापारमा बढावा हुने र साथीबाट सहयोग पनि मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज राज्यबाट मान सम्मान पाइने योग रहेको छ भने कुटुम्बको सहयोग मिल्नुका साथै घरमा अतिथिको आगमन हुने तथा बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुने योग रहेको छ भने घर परिवारमा झैझमेलाको अवस्था आउने तथा दिनको उत्तरार्धमा बढी खर्च होला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुने योग रहेको छ भने सवारी साधनको खरिद बिक्री हुने तथा दाम्पत्य जीवन पनि सुखमय नै रहला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जाने योग रहेको छ भने शुभ समाचार सुन्न पाइएला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कुनै समाचारले मनमा शान्ति छाउने योग रहेको छ भने शुभकार्यको चर्चा चल्नुका साथै बन्धु बान्धवबाट सहयोग मिल्ने तथा वैदेशिक कार्य पनि राम्रो हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च नियन्त्रणभन्दा बाहिर हुनुका साथै योग रहेको छ भने कार्य सम्पादनमा सहजता नमिल्ने तथा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुने योग रहेको छ भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउननुका साथै लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुने तथा रमाइलो यात्रा पनि होला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने चलाखीपूर्ण बोलीले काम बन्ने तथा आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।


More

View All

News

Health

Sports