×

Nepali Community

दबाब र प्रभावभन्दा परै बसेर कदम चाल्ने पार्टी नै एमाले भएको गोकुल बाँस्कोटाको तर्क


काठमाडौं । फगुन ७ गते
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्नेबारे प्रमुख प्रतिपक्षी एमाले नबोलेको भन्नेहरूप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आक्रोश पोख्नु भएको छ ।

एमाले बोलेन भनेर अरुले भनिरहन आवश्यक नभएको उल्लेख गर्दै पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले दबाब र प्रभावभन्दा परै बसेर कदम चाल्ने पार्टी नै एमाले भएको दाबी गनु भएको छ । उहाँले अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई नराम्ररी थिच्ने जिकिर गर्नु भएको छ । आज बिहान सामाजिक सञ्जालमार्फत बाँस्कोटाले आक्रोश पोख्नु भएको छ ।


More

View All

News

Health

Sports