काठमाडौं । फगुन ७ गते
नेपाल विश्व महाशक्तिहरूको चेपुवामा परेको पूर्व उपप्रधानमन्त्री कमल थापाले बताउनु भएको छ । उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी विवादबारे अमेरिका र चीनले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै थापाले नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बनेको बताउनु भएको छ ।
आज समाजिक सञ्जाल मार्फत उहाँले राजनीतिक नेतृत्वको अदूरदर्शिताको कारण नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनेको उललेख गर्नु भएको छ । अहिले विश्व महाशक्तिहरूको चेपुवामा नेपाल परेको छ । उहाँले छिमेकी चीनलाई चिढाउनु नहुँने र अमेरिकालाई पनि बिच्काउन नहुने धारणा राख्नु भएको छ। दुवै मुलुकलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयनका लागि कूटनीतिक पहल गर्न आग्रह उहाँको आग्रह गर्नु भएको छ ।