×

Nepali Community

प्रदेशको नामकरण गर्न प्रदेश १ सरकारद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडौं । फगुन ७ गते
प्रदेशको नामकरण गर्न प्रदेश १ सरकारले दलहरूसँग छलफल गर्ने भएको छ । छलफलका लागि प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठक आह्वान गरेको छ । प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश सरकारले गठन गरेको स्वास्थ्य मन्त्री जयराम यादव नेतृत्वको समन्वय समितिले सर्वदलीय बैठकको आह्वान गरेको हो ।

सरकारले नामाकरणका लागि छलफल र समन्वय गर्न तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मेवारी दिएको थियो । समन्वय समितिको सक्रियतामा मुख्यमन्त्री राजेन्द्र राईसमेतको उपस्थितिमा सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरू र सरकारका मन्त्रीहरूको बैठक बसेर नामकरणका लागि प्रक्रिया अगाडि बढाउने र फागुन १० गते सर्वदलीय बैठक बस्ने सहमति गरेको थियो ।


More

View All

News

Health

Sports