काठमाडौं । फगुन ७ गते
एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिनु भएको छ । एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिने छ । सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् ।
बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाइने नेताहरूले बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने अडानमा छन्। यहीबीच पार्टीले उक्त विषयमा आधिकारिक धारणा तय गर्ने भएको छ।महासचिव डा। वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिलगायत विषयमा समेत छलफल हुने बताएका छन्।