काठमाडौं । फगुन ७ गते
संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको उन्नत अभ्यास गर्नुपर्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनु भउको छ । आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै यस्तो बताउनु भएको हो । उहाँले यस महत्वपूर्ण अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न एवं लोकतन्त्रको उन्नत अभ्यासका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नु भएको छ ।
देशमा लोकतन्त्रको प्राप्तिका लागि भएका संघर्षमा योगदान गर्ने सबैको सम्झना सभामुख सापकोटाले गर्नु भएको छ । देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको संवद्र्धनका लागि विभिन्न समयमा भएका संघर्षहरुमा जीवन आहुति दिनु भएका सम्पूर्ण महान् सहिदहरुप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।
सापकोटाको सन्देशमा लोकतन्त्र प्राप्तिका लागि भएका सबैखाले संघर्षका क्रममा घाइते, अपाङ्ग हुनुभएका र तत्कालीन राज्यबाट बेपत्ता पारिनुभएका सम्पूर्ण योद्धाहरुको अमूल्य योगदानकोे स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गरिएको छ । सापकोटाले सात दशक यताका सबैखाले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरुको साँचो अर्थमा कार्यान्वयनको चरणमा पुगेको जिकिर गर्नु भउको छ ।