×

Nepali Community

आज शनिबार कुन भगवानको दर्शन गर्ने ?


काठमाडौं । फगुन ७ गते
आज शनिबार भगवान शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् । यसैबिच काठमाडौंको न्यूरोडमा रहेको संकटा मन्दिरमा निकै भिड लाग्ने गर्छ ।हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ ।विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् ।

शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरूरी छ, शनिदेवलाई आफ्नो मूर्तिको समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनिको आराधना सदैव त्यो मन्दिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिला रूपमा विराजमान हुन् ।यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ ।

शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ ।शनिवारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गर्नु पर्छ ।यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ ।शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।


More

View All

News

Health

Sports