×

Nepali Community

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै


काठमाडौं । फगुन ६ गते
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल गर्ने सरकारको चाहाना छ ।नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास खोज्नुपर्ने निर्णय गरिसकेको छ ।

सरकारमा समावेश भएका दलहरुलाई समेत सहमत गराउन अहिले बस्न लागेको सत्तागठबन्धनको बैठक केन्द्रित रहनेछ ।प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

 


More

View All