काठमाडौं । फागुन ५ गते
लामो समयदेखि (ककिल्यर इम्प्लान्ट) रोग बाट ग्रसित बिरामी शिशिर तामाङको उपचारका लागि तामाङ समाज कतारले केही रकम संकलन गरि बुधबार बिरामीको परिवारलाई हस्तान्तरण गरेको छ । सामान्य भेट्घाट कार्यक्रमको आयोजना गरी बिरामी शिशिर तामाङको आमा अन्जली मोक्तानलाई बोलाइ तामाङ समाज कतारले संकलन गरेको १ लाख ८० हजार ७ सय ७५ रकम हस्तान्तरण गरेको छ ।
उक्त रकम तामाङ समाज कतारका अभियान्त सक्षम मोक्तानको नेतृत्वमा संकलन गरि नेपाल पाठाइएको हो । तामाङ समाज कतारले ,बाढी पिडित, असाय,गरिब, दुखीलाई सहयोग गर्दे आएको छ । त्यसै क्रममा काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ३ साबिक शिखर आम्बोटे निवासी, बर्ष ३ को बालक शिशिर तामाङ लामो समयदेखि (ककिल्यर इम्प्लान्ट) रोग बाट बिरामीको उपचारका लागि लागि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहनु भएका मनकारी दाजुभाइ तथा दिदीबहिनीहरुले उक्त रकम संंकलन गरि तामाङ समाज कतारका अभियान्त सक्षम मोक्तानको नेतृत्वमा नेपाल पठाइएको हो ।
तामाङ समाज नेपालको वर्तमान अध्यक्ष श्री रोशन दोङ तामाङले समाजको अन्य पदाधिकारीहरु र पत्रकारहरु बिच उक्त रकम बिरामीको आमा अञ्जली लामालाई हस्तान्तरण गर्नु भएको थियो । अध्यक्ष तामाङले यस अभियानलाई सफल पार्नको निमित्त सहयोग गर्नु हुने सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरु एवम् हस्तान्तरण कार्यक्रममा सहज गर्नु हुने तामाङ समाज नेपालको अध्यक्ष लगायत सम्पुर्णप्रति आभार व्यक्त गर्नु भएको छ ।
बिरामी परिवारको अवस्था नाजुक रहेको र उपचारका लागि ३० लाख लाग्ने रकम लाग्ने भएकाले सक्दो सहयोग गरि आफ्नो बच्चालाई बचाईदिन बिरामीकी आमाले आग्रह गर्नु भएको छ ।