काठमाडौं । फागुन ५ गते
युक्रेनको सीमामा तैनाथ सैनिकको संख्यामा कमी गर्ने रुसको दाबी गलत भएको अमेरिकाले बताएको छ। अमेरिकी एक वरिष्ठ अधिकारीले सेना घटनाएको कुनै संकेत नदेखिएको बताए।उनले रुसले दाबी गरेको जस्तो सैनिकको संख्या नघटेको बताए।रूसले युक्रेन सीमा सात हजार अतिरिक्त सैनिक परिचालन गरेको उनले बताएको बीबीसीले उल्लेख गरेका छन्।
अमेरिकी राष्ट्रपति जो वाइडेनलेसमेत रुसले सैन्य फिर्ति थालेपनि कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएका थिए।तर रुसले भने आफ्नो सैन्य अभ्यास पूरा भएको र सीमामा खटिएको सेनालाई हटाइरहेको बताएको छ।तर पश्चिमा देश र अमेरिकाले रुसले दाबी गरेको जस्तो कुनै प्रमाण वा संकेत नपाएको जनाएको छ।