×

Nepali Community

आगामी ५ वर्षमा सडकदेखि बिजुलीसम्म पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार हुने छ –डा.विश्वनाथ पौडेल


काठमाडौं । फागुन ५ गते
आउँदो ५ वर्षमा सडकदेखि बिजुलीसम्म पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार हुने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले बताउनु भएको छ ।काठमाण्डौ–निजगढ फास्ट ट्र्याकमा २०८१ साल पुषसम्ममा टनेल बनिसक्ने र यसका लागि सरकारले आर्थिक समस्या नहुने विश्वास दिलाएकाले केही वर्षमै सम्पन्न हुने दिशामा रहेको उहाँको भनाइ छ ।

विकास निर्माणमा पाँच वर्षपछिको नेपालबारे सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उपाध्यक्ष पौडेलले सडक विभागले नारायणगढ–पथलैया सडक विस्तारको तयारी गरेको, इनरुवादेखि काँकडभिट्टा खण्डको सडक चौडा गर्न लागिएको र त्यसमा एक सय किलोमिटर प्रतिघण्टाका दरले मोटर गुडाउन मिल्ने गरी बनाउन प्राविधिकलाई सल्लाह दिएको उल्लेख गर्नुभएको छ ।


More

View All

News

Health

Sports