×

Nepali Community

एमसीसी टेबुल गरे सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय ,प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार


 

काठमाडौं । फागुन ४ गते
एमसीसी टेबुल गरे सरकारबाट बाहिरिने निर्णय गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहा दुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड यसबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन बालुवाटार पुगेका हुन् ।

 

माओवादी संसदीय दलको बुधबार बिहान बसेको बैठकले एमसीसी अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्न निर्र्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले बताए ।उक्त निर्णय गरेपछि प्रधानमन्त्री देउवालाई जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।

 


More

View All

News

Health

Sports