×

Nepali Community

आज भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहेरीको निधन


काठमान्डौ । फगुन ४ गते
भारतका चर्चित लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको मुम्बईको जुहुस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको उनको उपचारमा खटिएका डा। दिपक नामजोशीले पुष्टि गरेका हुन् । बप्पी अब्सट्रक्टिव स्लीप एपनियाबाट पीडित थिए । बप्पीको जन्म २७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो ।

बप्पी लहरीको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, राजनीतिक दलका नेता, संगीतकर्मी, चलचित्रकर्मी लगायतले शोक व्यक्त गरेका छन् ।


More

View All

News

Health

Sports