×

Nepali Community

रुसले युरोपमा युद्ध नचाहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जिकिर


काठमाडौं । फागुन ४ गते
रुसले युरोपमा युद्ध नचाहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलेबताएका छन् । युक्रेनी सीमामा तैनाथ रुसी सेना आंशिक रुपमा आफ्नो क्याम्पमा फर्किएकै दिन जर्मन चान्सलर ओलफ सोल्जसँगको वार्तापछि पुटिनले आफूले युरोपमा युद्ध नचाहेको प्रष्ट पारेका हुन् ।

तर उनले नेटोसँग युक्रेनको सम्बन्धको विषय भने पूणर् रुपमा समाधान हुनुपर्ने शर्त पनि दोहोर्‍याएका छन् । आफूलाई पश्चिमा शक्तिहरुले रुसका छिमेकीहरु निकट भविष्यमा ट्रान्सएटलान्टिक सैन्य अभ्यासमा सहभागी नहुने बचन दिएको उल्लेख गर्दै उनले भने, ‘त्यत्ति मात्रैले ढुक्क हुन सकिंदैन ।’


More

View All

News

Health

Sports