काठमाडौं । फागुन ४ गते
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसको सैन्य आक्रमणको सम्भावना अझै कायम रहेको र त्यसले विशाल मानवीय क्षति निम्त्याउन सक्ने बताएका छन् ।युक्रेन–रुस संकटबारे राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले मंगलबार रुसले सैन्य आक्रमण गरेमा त्यसको प्रतिवाद वा जवाफका लागि अमेरिका तयार रहेको बताएका हुन् ।रुसले युक्रेनसँगको सीमा क्षेत्रमा हाल करिब एक लाख ५० हजार सैनिक तैनाथ गरेको अमेरिकी राष्ट्रपति बाइडेनले बताए ।
रुसी रक्षामन्त्रीले केही सैनिक फिर्ता भएको बताएका थिए । तर त्यसको आफूहरुका तर्फबाट पुष्टि हुन नसकेको बाइडेनले बताएका छन् ।रुसी सैनिक सीमा क्षेत्रबाट फर्किनु संकट समाधानका लागि राम्रो हुने बताउँदै बाइडेनले तर अहिलेसम्म रुसी सैनिकहरु आफ्नो पुरानो अड्डामा फिर्ता भएको पुष्टि नभएको उल्लेख गरे ।अहिले पनि रुसी सैनिकहरु निकै जोखिमपूर्ण अवस्थामा तैनाथ रहेको विश्लेषकहरुले बताएको बाइडेनको भनाइ छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सुरक्षा चासोलाई गम्भीर रुपमा लिइनु पर्ने बताएको केही घण्टापछि बाइडेनको सम्बोधन आएको हो ।