काठमाडौं । फागुन ४ गते
प्रतिनिधि सभामा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल भएको खण्डमा पारित गर्न सबै दलले सहयोग गर्ने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विश्वास लिनु भएको छ ।प्रमुख प्रतिपक्षी एमालेसहित सदनमा रहेका अन्य राजनीतिक दलले नैतितकता प्रदर्शन गरेर एमसीसी पारित गर्न सहयोग गर्ने उपसभापति गुरुङले बताउनु भएको छ ।
एमसीसी प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको दललाई यसलाई पारित गर्ने उत्तरदायित्व पनि हुने गुरुङको भनाई छ ।एमसीसी प्रस्ताव तत्कालीन केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकार हुँदा संसद सचिवालयमा दर्ता भएको थियो । नेकपा अहिले विभाजित भएको छ । त्यससमय नेकपामा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वका दलहरुले अहिले एमसीसीको बिरोध गरिरहेका छन् भने एमालेले कुनै निर्णय गरेको छैन ।