×

Nepali Community

नेपाल बन्दलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न सुरक्षा निकायहरुलाई गृह मन्त्रालयद्वारा निर्देशन


काठमाडौं । फागुन ४ गते
आज गृह मन्त्रालयले विभिन्न राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ।मंगलबार गृह मन्त्रालयले निर्देशन जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरितका गतिविधि हुन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।

विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसीको विरोधमा बुधबार नेपाल बन्दको घोषणा गरेका छन्।


More

View All

News

Health

Sports