×

Nepali Community

एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न बाबुराम भट्टराईले दिए चेतावनी


काठमाडौं । फागुन ४ गते
एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले चेतावनी दिनु भएको छ ।आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गर्नु भएको छ ।

उहाँले एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धनरसरकारमा बस्न नमिल्ने डा.भट्टराईको भनाई छ । उहाँले भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु भएको भट्टराईको भनाइ छ।सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जसपा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको विरोध गरिरहेका छन्।


More

View All

News

Health

Sports