×

Nepali Community

माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै


काठमाडौं । फागुन ४ गते
आज सत्तारूढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ।माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने कार्यक्रम रहेको छ। बैठकमा आज बस्ने संसद बैठकमा आफ्ना सांसदले खेल्ने भूमिकाबारे छलफल हुने गुरूङले जानकारी दिनु भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराउने छन्।यसैबीच प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ।संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी प्रस्ताव समावेश छैन।


More

View All

News

Health

Sports