×

Nepali Community

विभिन्न संगठनहरुद्वारा एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने भन्दै आज नेपाल बन्द


काठमाडौं । फागुन ४ गते
आज विभिन्न संगठनहरुले एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर नेपाल बन्द गरेका छन् । एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेका हुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आजदेशव्यापी बन्द आह्वान गरेका हुन् ।

त्यस्तै बन्द गराउन निस्केका ३ जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका छन् । तर, प्रहरी सक्रियताका कारण ट्याक्सी जल्नबाट रोकिएको छ । ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ५० वर्षीय मंगलबहादुर मोक्तान छन् । ट्याक्सी जलाउन खोज्ने अरु दुईजना भागेका छन् ।

 

 

 


More

View All

News

Health

Sports