×

Nepali Community

यस्तो छ आजको मौसम पुर्वानुमान


काठमाडौं । फागुन ४ गते
हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस्तै पहाडी भुभागका एक दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


More

View All

News

Health

Sports