×

Nepali Community

बुधबार कुन भगवानको दर्शन गर्ने ?


काठमाडौं । फानुग ४ गते
आज बुधबार विशेष बुध ग्रहको लागि समर्पित बार हो। यस दिन विशेष गरी विथाल–देव ९कृष्णको अवतार०को पुजा गरिन्छ।पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। भनिन्छ नी सोम खेती बुध घर ।

आजको दिन घर बसाल्दा अति नै उत्तम हुनेछ ।हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

जुन दिन जुन भगवानको विशेष दिन हो सोही भगवानको पूजा तथा आरधाना गरेमा सही फल मिल्नेछ । सिन्धुशास्त्र अनुसार हरेक हप्ता हरेक भगवानका लागि विशेष दिन भाग लगाईएको छ ।

 


More

View All

News

Health

Sports