×

Nepali Community

आज सुनको मुल्यमा बृद्धि कति पुग्यो तोलाको


काठमाडौं । फगुन ३ गते
आज नेपाली सनचाँदी बजारमा सुनको मुल्यमा बृद्धि भएको छ । आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा पुगेको छ ।यो हप्ता सुरु भएयता नै सुनको भाउ तोलामा २५ सय रुपैयाँले बढ्यो ।

अस्ति आइतवार तोलामा १५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा पुगेको थियो । हिजो भने अस्तिकै भाउमा सुनको कारोबार भएको थियो। तर, फेरि आज तोलामा १२ सय रुपैयाँले बढेको छ ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


More

View All

News

Health

Sports