काठमाडौं । फगुन ३ गते
आज दिउँसो ३ बजेका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ।एमसिसी, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाअभियोग, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल गर्न राप्रपाले पदाधिकारी बैठक बोलाएको हो।
पदाधिकारी बैठक दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भएको छ ।