×

Nepali Community

सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता


काठमाडौं । फगुन ३ गते
आज सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच बिहान भेटवार्ता भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।

बैठक बिहान ८ बजे सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, अवरुद्ध संसद् र स्थानीय तहको निर्वाचनबारे छलफल भइरहेको बताइएको छ।महाभियोगबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक पनि आज बस्दैछ। बैठक बिहान नौ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ। बैठकमा विशेष गरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन्।संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ। भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ।


More

View All

News

Health

Sports