×

Nepali Community

फागुन १० गते मधेस प्रदेशको प्रदेशसभाको बैठक बस्ने


काठमाडौं । फगुन ३ गते
मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो ।

प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका थिए ।

 


More

View All

News

Health

Sports