×

Nepali Community

संसदीय समितिका सदस्यलाई प्रोत्साहन गर्न समिति बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी हुँर्दै


काठमाडौं । फगुन ३ गते
संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समितिका बैठकमा सहभागी हुन लाग्नु भउको छ । विधायन व्यवस्थापन समितिको आजको बैठकमा उहाँ सहभागी हुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिनु भएको छ ।

समितिबाट जनचासोका कानुन निर्माणका प्रयास र भइरहेका काम–कारवाहीका अभ्यासको अध्यक्ष तिमिल्सिनाले बैठकमा सहभागी भई प्रत्यक्ष अनुभव हासिल गर्नेछन् ।धुलिखेलमा गत बिहीबार भएको प्रदेशसभाका उपसभामुखसँगको अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अनुकूलताका आधारमा समिति बैठकमा सहभागी हुने अभ्यासको थालनी गर्ने घोषणा गर्नु भएको थियो । विधायन व्यवस्थापन समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफल प्रतिवेदन निर्माणको चरणमा छ ।

 


More

View All

News

Health

Sports